News and Publications

← All News

बुसान एपीएममा छनाैट भयो रामकृष्णको ‘रिभर इन दि मिरर’

बुसान एपीएममा छनाैट भयो रामकृष्णको ‘रिभर इन दि मिरर’

रामकृष्ण पोख्रेलको चलचित्र परियोजना ‘रिभर इन द मिरर’ सन् २०२० को बुसान इन्टरनेसनल फिल्म फेस्टिभलअन्तर्गत एसियन प्रोजेक्ट मार्केट (एपीएम) मा छनोट भएको छ। यो वर्ष छानिएका २२ परियोजनामध्ये उक्त चलचित्र पनि एक हो।

कथामा दस वर्षको बालक र उसकी ८१ वर्षीया हजुरआमाबीचको जटिल सम्बन्ध छ। बालक हजुरआमालाई अमर बनाउने बुटी खोज्न यात्रामा निस्कन्छ। परियोजनामा पोख्रेल र भुटानी निर्देशक टासी ग्याल्क्षेनको सहकार्य रहेको छ।

एपीएमले एसियाली चलचित्र परियोजनालाई अन्तर्राष्ट्रिय निर्माता र लगानीकर्तासँग जोड्ने अवसर दिन्छ। पोख्रेलका लागि यो छनोट नेपाली चलचित्रको अन्तर्राष्ट्रिय उपस्थिति बढाउने र सम्भावित निर्माण साझेदार भेट्ने अवसर थियो।